अर्थ

नयाँ वर्षको अवसरमा चितवनको सौराहामा फूड फेष्टिवल हुने

Banner

चितवन, चैत २५-

नयाँ वर्षको अवसरमा चितवनको सौराहामा फूड फेष्टिवल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान) को आयोजनामा फेष्टिवल हुन लागेको हो । आज (शुक्रबार) रेवानले पत्रकार सम्मेलन गरेर यही चैत ३० गते देखि वैशाख ३ गतेसम्म फेष्टिवल हुन लागेको जानकारी दिएको छ ।

१६ औं संस्करणको यो महोत्सवको आकर्षण जिल्लामा अवस्थित विभिन्न जातजाती, आमा समूह, भजन समूह लगायत अन्य संघ-संस्थाको झाँकी प्रर्दशन तथा प्रतियोगिता रहेको छ । साथै राष्ट्रिय ख्याती प्राप्त कलाकार प्रकाश सपुत, रमेशराज भट्टराई, रुपा घर्तीमगर, अर्जुन सापकोटा लगायतको प्रस्तुती रहनेछ ।  कोरोनाका कारण सुस्ताएको पर्यटन व्यवसायलाई गतिशिलता प्रदान गर्न र सम्पूर्ण पर्यटन व्यवसायीहरुमा नयाँ उमङ्ग र उत्साह थप्न महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास रेवानको रहेको छ ।

स्थानिय, स्वदेशी तथा विदेशी खाना, कला सँस्कृति, भेषभुषाको जगेर्ना गर्दे पर्यटकिय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौराहालाई परिचित गराउनु नै महोत्सवको उद्देश्य रहेको छ । उज्यालो सौराहालाई निरन्तरता फेष्टिबल मार्फत दिइनेछ । शैक्षिक विपन्न कोष मार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग निरन्तर उपलब्ध गराउन यसले सहयोग गर्ने छ । साथै पलाष्टिक जन्य पदार्थहरुलाई न्युनिकरण गर्नु पनि महोत्सवको मुख्य उद्देश्य रहेको रेवानद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तीन दिने फूड फेष्टिवल सम्मपन्न गर्नको लागि करिब ६० लाख खर्च लाग्ने महोत्सव मूल समितिको अनुमान छ । सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोडसम्म कारोबार हुने आकलन गरिएको छ । दैनिक १५ देखि २० हजार दर्शक आउने अपेक्षा गरिएको छ । कार्यक्रम अवधी चैत ३० गते नयाँ वर्षको पूर्व सन्ध्यामा साँझ ५ः०० वजे देखि राति १२ः०० वजे सम्म, र २ गते साझ ५ः०० देखि राति १० वजेसम्म रहेको छ ।

महोत्सव रत्ननगर नगरपालिका वडा नं. ६ को गाणेश मन्दिर चोक देखि ड्याकसम्म, गैँडा चोक देखि पूर्व मुल्लु चोकसम्म, हात्ती चोक देखि पश्चिम लोकल थारु भान्छा घरसम्म हुने छ । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.ली रहेको छ । सह-आयोजकमा रेवान महिला समूह, क्षेत्रिय होटल संघ नेपाल, चितवन रहेको छ । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, भृकृटी मण्डप, काठमाण्डौ, उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय बागमती प्रदेश रहेको छ । संरक्षकमा रत्ननगर नगरपालिकाको कार्यालय र नगरको वडा नं. ५,६,७ र ८ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>