Breaking News

भरतपुर महानगरको मेयर नछाड्ने भन्दै कांग्रेसका नेताहरुको दौडधुप, भोलि प्रधानमन्त्रीलाई भेट्दै

Banner

चितवन, चैत २४-

नेपाली कांग्रेस चितवनको उच्चस्तरीय प्रतिनिधिमण्डल भरतपुर महानगरको मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने माग राखेर काठमाडौँमा आधा दर्जन शीर्ष नेताहरुलाई भेट गरेको छ ।

नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा पूर्वसभापति टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद जगन्नाथ पौडेल, निवर्तमान जिल्ला कमिटी सचिव उत्तम जोशी लगायत रहेका छन् । सत्तागठबन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेसँगै नेपाली कांग्रेस चितवनले भरतपुरको मेयर आफूले पाउनु पर्ने अडानलाई केन्द्रसम्म पु¥याएको छ ।

प्रतिनिधि मण्डललले आज कांग्रेसका वरिष्ठ नेता एवम् सत्तारुढ गठबन्धनले निर्माण गरेको स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई कांग्रेस चितवनले गरेको निर्णय बुझाएको छ । त्यसैगरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंलालगायतका नेताहरुसँग भेट गरेर आफ्नो कुरा राखेको छ । भेटमा सबै नेताहरु सकारात्मक नै रहेको कांग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशीले नारायणी अनलाइनलाई जानकारी दिए ।

जोशीले भने, ‘ हाम्रो ध्यानाकर्षणपछि सबै नेताहरु सचेत छौ भनेर हाम्रो कुरामा सकारात्मक हुनुहुन्छ । हामीले एकचोटी माओवादीलाई सहयोग गरे पनि अब सहयोग गर्न सक्दैनौं । ठूलो शक्तिको हिसाबले हामीलाई माओवादीले सहयोग गर्नुपर्छ । बढीलाई थोरैले सहयोग गर्ने हो । अब महानगरको मेयरको उम्मेदवार कांग्रेसबाट नै हुनुपर्छ ।’ नेता जोशीले भोलि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>