चितवन विशेष

चितवनमा ४६ घर सुकुमबासीले पाए लालपुर्जा

Banner

चितवन, कात्तिक २३-

भरतपुर महानगरपालिका–२ आँपटारी देबकोटा चोकका सुकुमबासी दलित ४६ घरले पहिलो चरणमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको समन्वयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जग्गाधनी पूर्जा वितरण गरेका हुन् । लालपुर्जा प्राप्त गर्नेमा जसिकला बिक ,गंगादेवी विश्वकर्मा ,पूर्णमा विक ,श्याम विक ,रन माया सुनार ,सन्तबहादुर विक, स्यामबहादुर विश्वकर्मा, सुकराम कामी, चेलिमाया‘ विक, पालबहादुर विक, दिलबहादुर विक, माया‘ नेपाली लगायत रहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

दलितहरूलाई पूर्जा वितरण गर्दै प्रचण्डले ३६ सालमा भूमिहिनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको बताए । भूमिप्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहिनहरूलाई भूमिपति बनाउँन सरकार र आयोगका पदाधिकारीहरूलाई आग्रह गरे । भूमिहिनहरूले जग्गा धनी पूर्जा पाएसँगै भूमिहिनहरूको पक्षमा संविधानको कार्यान्वयन भएको बताउँदै यो सबैका लागि सुखद सुरुवात भएको समेत उनले बताए ।

कार्यक्रममा भूमि ब्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री शशी श्रेष्ठले भूमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा प्रदान गर्दै यो भूमिमा प्राप्तिको अभियान निरन्तर अगाडि बढ्ने बताइन् । उनले भूमिहिन समुदायलाई लालपूर्जा वितरण गर्ने पवित्र अभियान रहेको बताउँदै यस कार्यलाई कुनै पनि निर्वाचन प्रक्रियाले नरोकिने समेत बताइन् ।

मन्त्री श्रेष्ठले असली भूमिहिन नछुटुन् भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै आयोगबाट भूमिहिनहरूलाई वितरण गरिएको जग्गा धनी पूर्जा पहिला चितवनबाट सुरु गरिएको समेत बताइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनहरूलाई भूमिपति बनाउने अभियानको सुरुवात भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच बर्ष अगाडि निर्वाचनका बेला गरेको बाचाको सुरूवात भएको बताइन् ।

भरतपुर महानगरपालिका भित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पूर्जा दिएरै छोड्ने बताइन् । ‘हामीले भरतपुर महानगरपालिका भित्र निस्सा वितरणको काम सम्पन्न गरेका छौ जग्गा नापजाँचको काम भइरहेको छ । तपाइँहरू ढुक्कहुनुस्, भूमिहिनलाई भूमिपति बनाइन्छ’, दाहालले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>