चितवन विशेष

राप्रपा चितवन निर्वाचन परिचालन समितिको संयोजकमा चुडामणि सापकोटा चयन

Banner

भरतपुर, चैत २३-

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले चुडामणि सापकोटाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर १०१ सदस्यीय समिति गठन गरिएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिए ।

सापकोटा बार एशोसिएसन चितवनका पूर्वअध्यक्षसमेत हुन् । सफल अधिवक्ताका रुपमा स्थापित सापकोटा विद्यार्थी राजनीतिदेखिनै राजनीतिमा सक्रिय थिए । प्रवक्ता भण्डारीका अनुसार सहसंयोजकमा अमर पराजुली, सदस्य सचिवमा केशव भण्डारी चयन भएका छन् । सदस्यहरुमा प्रकाश थपलिया, रामकृष्ण क्षेत्री, मिना विक, घनश्याम गिरीलगायत चयन भएका छन् । समस्या, सुझाव र चाहना संकलन गर्दै जनप्रतिनिधिका रुपमा राप्रपाका उम्मेदवारहरुनै घरदैलोमा जाने उनले बताए ।

निर्वाचन परिचालन समितिले आकांक्षी उम्मेदवारहरुको नामावली संकलन, घोषणापत्र तयारी, चुनावी रणनीति, वडा कार्यालयसँग समन्वयलगायतका कामहरु गर्ने उनले बताए । राप्रपा चितवनले अधिकांश वडाहरुमा वडा कार्यालय स्थापना, घरदैलो अभियान भइसकेका छन् । केही वडाहरुमा उम्मेदवारहरु पनि सर्वसम्मत रुपमा चयन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>