चितवन विशेष

दुई वर्षेको लागि योजना तर्जुमा गर्न उद्योग वाणिज्य संघ चितवनको गोष्ठी

Banner

चितवन, चैत २२-

उद्योग वाणिज्य संघ चितवनले आज पूर्वकार्ययोजना गोष्ठी गरेको छ ।

संघले प्रत्येक दुई वर्षको अन्तरालमा हुने नेतृत्व परिवर्तन पश्चात २ वर्षे कार्यकालको लागि योजना तर्जुमा गर्ने सम्बन्धमा वस्तुगत संघहरुसँग पूर्व कार्ययोजना तर्जूमा गोष्ठीको आयोजना गरेको हो ।

संघमा आवद्ध रहेका ३६ वस्तुगत संघहरुको सहभागितामा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वस्तुगत संघबाट प्राप्त सुझावलाई मध्यनजर राख्दै संघले आगामी दुई वर्षको लागि तयार गर्ने योजनामा राखिने बताए । उनले वस्तुगत संघहरुले आफ्ना सदस्यहरुको माग र आवश्यकतालाई मध्यनजर राख्दै कार्यक्रम चयन गर्न अनुरोध गरे । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कार्यक्रमहरु संघको गुणस्तर नीतिसँग मेल खाने हुनुपर्ने बताउँदै प्राप्त सुझावहरुलाई लिपिबद्ध गरी योजनामा राखिने बताए ।

सोही कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले योजना छनोट गर्दा त्यसको उपादेयिता र आयोजना गर्न सकिने मात्र कार्यक्रमलाई छनौट गर्नुपर्ने बताए । कार्यक्रममा संघका पूर्वअध्यक्ष कल्याण जोशीले वस्तुगत संघले कार्यक्रम छनोट गर्दा आफूले गर्न नसक्ने तर उद्योग वाणिज्य संघ मार्फत गर्न मिल्ने कार्यक्रममात्र छनौट गर्न अनुरोध गर्नु हुँदै कार्यक्रमको सफलताको कामना गरे । गोष्ठीमा आफ्नो मन्तव्य राख्दै संघका उपाध्यक्ष एवम् वस्तुगत संघ समन्वय समितिका संयोजक सिरिष पन्तले यस वर्षको संघको कार्ययोजनामा प्राथमिकताको आधारमा सकेसम्म सबै वस्तुगत संघका कार्यक्रमलाई समेटिने बताए । संघमा आवद्ध ३६ वटा वस्तुगत संघबाट प्रत्येका वस्तुगत संघका तीन जना सहभागी रहेको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न वस्तुगत संघका करिब १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>