चितवन विशेष

राप्रपाले चितवनका सबै स्थानीय तहमा उम्मेद्वारी दिने, नायिका थापाले घरदैलोको उद्घाटन गर्ने

०
Banner

प्रतिमा कुमाल

चितवन, चैत २२–

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाको सात वटै पालिका र ९८ वटै वडामा उमेद्वार खडा गर्ने भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले अबको हप्ता दिन भित्र उमेद्वार टुङ्गो लाग्ने जानकारी दिएका हुन् ।

पदको आकांक्षीहरु धेरै भएकोले उम्मेदवारी छनोट गर्न असहज भएको उनको भनाइ छ । अध्यक्ष ढकालले केन्द्रको निर्देशन अनुसार स्थानीय निकाएमा अन्य पार्टीसँंग सहकार्य गर्ने बताए । ‘केन्द्रले योसँग सहकार्य गर्नु भनेको छैन । जब निर्देशन आउछ तब स्थानीय तह हेरेर विचार गरी सहकार्य गर्छौ,’ उनले भने ।

विसं २०७४ सालको निर्वाचनमा प्राविधिक कारणले स्थानीय निकायमा पराजित हुनुपरेको ढकालले जीकिर गरे । उनले भने, ‘राप्रपामा आस्था राख्ने मानिसहरुले वर्षौदेखि हलोमा भोट हाल्दै आएका थिए । गत चुनावमा गाई र गोरु जुध्यो । गाईको धेरै भोट गोरुमा खस्यो । जसका कारण हामीले जित्ने ठाउँमा पनि पराजित हुनुप¥यो ।’ अब भने यस्तो समस्या नरहने उनले बताए । राप्रपा चितवन मजबुत भएको धारणा ढकालले राखे । गत चुनावमा राप्रपा चितवनमा एक जना मात्र जनप्रतिनिधिमा विजयी भएका थिए । जो माडी नगरपालिका वडा नं. १ का वडासदस्य हुन् ।

यस्तै चैत २८ गतेबाट औपचारिक रुपमा देशभर राप्रपाको घरदैलो कार्यक्रम शुभारम्भ हुने जानकारी दिइएको छ । राप्रपा केन्द्रीय सदस्य तथा नायिका रेखा थापाले चितवनको कार्यालयबाट घरदैलो कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । तर, कार्यकर्ताहरु भने अहिले देखिनै घरदैलो कार्यक्रममा कसिएर लागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>