चितवन विशेष
चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु
०

चितवन,चैत २०-
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती सामुदायिक वनमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ बर्षिय सुरेश विकलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
दोभान मध्यवर्ती सामूदायिक वनमा घाँस काट्न गएको बेला उहाँलाई बाघले आक्रमण गरेको थियो । मृतक विकको शव नजिकैको हरियाली सामूदायिक वनमा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























