चितवन विशेष

चितवनमा प्रसाईको नेतृत्वमा गठन भयो क्रिश्चियनहरुको धार्मिक पार्टी

Banner

चितवन, चैत १९–

क्रिश्चियन धर्म निकट सामाजिक एकता पार्टीले चितवनमा जिल्ला कमिटी गठन गरेको छ ।

खेम प्रसाईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । केही दिनपछि कमिटीका सम्पूर्ण पदाधिकारीको नाम सार्वजनिक गर्ने पार्टीले जानकारी दिएको छ ।

सामाजिक एकता पार्टीका केन्द्रीय अध्यक्ष सीबी गहतराजले चितवनमा विभिन्न नेतालाई चुनाव जिताउन हाम्रो समुदायको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन् । ‘क्रिश्चिनसँंग बसेर फोटो खिच्यो भने हाम्रो पार्टी सिधिन्छ भन्ने ठान्ने देखेर म अचम्मै भए,’ उनले भने ।

गतहराजले २०६२ सालदेखि सबै प्रधानमन्त्रीसँग नेपाली क्रिश्चियन समुदायको अधिकारको लागि घण्टौं कुरा गरेको बताएका छन् । डोकोले छोपेको कुखुरो जस्तो नेपाली क्रिश्चियन समुदाय भएको उनले बताएका छन् । ‘विभिन्न पार्टीमा लागेर हाम्रो मान्छेहरुले उपाए खोजेकै हो । यसलाई जिताउदा होला कि उसलाई जिताउदा भन्दै १५ वर्षसम्म ज्ञापनपत्र बोकेर कुदेका छौं । नेकपा एमाले, कांग्रेस, माओवादीलाई हाम्रो समुदायले जिताएको छ । तर, डोकोले छोपेको कुखुरो जस्तो नेपाली क्रिश्चियन समुदाय भएको छ,’ उनको भनाइ थियो । क्रिश्चियन समुदायलाई स्वाभिमान र अधिकार सम्पन्न बनाउनुनै आफ्नो अठोट रहेको उनको भनाइ छ । आउने स्थानीय चुनावमा सबै क्रिश्चियन समुदायले पार्टीमा भोट हालेर सहयोग गर्न उनले आग्रह गरेका छन् ।

सामाजिक एकता पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजक खेम प्रसाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>