चितवन विशेष

चितवनका विश्वकर्माले गरे सुनचाँदी सम्बन्धी विषयमा नेपालकै पहिलो पीएचडी

०
Banner

चितवन, चैत १९

नारायणगढको यस ज्वेलर्सका सञ्चालक तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्राध्यापक यमबहादुर विश्वकर्माले सुनको कारोबारसम्बन्धी विषयमा पीएचडी गरेका छन् ।

भारतको साईनाथ विश्वविद्यालयबाट ‘सुनचाँदीका ग्राहकहरुको क्रय व्यवहार’ सम्बन्धी विषयमा उनले पीएचडी गरेका हुन् । उनी विश्वविद्यालयमा २०१५ मा पीएचडीका लागि भर्ना भएका थिए । गुल्मीको रुरु बलेटक्सारमा २०२६ जन्मिएका विश्वकर्मा अहिले सप्तगण्डकी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायका उपप्राध्यापक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए उतीर्ण गरेपछि चितवनमा प्राध्यापन र सुनचाँदीको व्यवसायमा सक्रिय रहँदै आएका थिए ।

उनले पीएडीको उपाधि लिएपछि खुसी हुँदै नारायणी अनलाइनलाई भने, ‘ आफ्नो जीवनको एउटा महत्वपूर्ण सपना पूरा भएको छ । धेरै खुसी छु । अब हुने दीक्षान्त समारोहले अझ धेरै खुसी थप्नेछ ।’ उनले सुनचाँदी व्यवसायको बारेमा आफ्नो पीएडी नेपालकै पहिलो भएको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>