Breaking News

बिरामीलाई आँखाका समस्याबारे सचेतना दिँदै भरतपुर आँखा अस्पताल, ८२१ जनाले गरे आँखा दान

Banner

प्रतिमा कुमाल

चितवन, चैत १९–

भरतपुर आँखा अस्पतालले आँखामा हुने समस्याहरुका विषयमा एक दिने सचेतनामूलक कार्यक्रम गरेको छ ।

अस्पतालको ३५ औँ स्थापना दिवसको अवसरमा अस्पताल परिसरमा शुक्रबार एक दिने सचेतनामूलक कार्यक्रम गरेको हो ।

नेत्र चिकित्सक अध्ययनरत विद्यार्थीले दृष्टि दोष, आँखा दान र मोतिया बिन्दुको विषयमा अस्पताल आउने जाने सबैको जिज्ञासाको समाधान गरेका थिए ।

नेत्र चिकित्सक चौथो वर्ष विद्यार्थी प्रियांसा आचार्यले मुख्यतया सूर्यको हानीकारक किरण, उमेर, धुमपान मध्यपान गर्ने मानिस, मधुमेह, सुगर रक्तचाप हुनेहरुमा मोतिया बिन्दु हुने गरेको बताए । साथै उनले चिकित्सकको सल्लाह बिना आँखामा औषधि राख्नु पनि मोतिया बिन्दुको कारण बनेको बताए । आँखामा चोटपटक लागे वा वंशाणुगत पनि यो रोग लाग्न सक्ने उनको भनाइ छ ।

मोतिया बिन्दुको सुरुवाती चरणमा चस्मा लगाएर दृष्टि सुधार गर्न सकिने रबिन थापाले बताएका छन् । चस्माले पूर्णरुपमा निको भने पार्न नसक्ने जीकिर गरे । यसको लागि सल्यक्रिया नै गर्नुपर्ने थापाको भनाइ छ ।

तेस्रो वर्षमा अध्ययनरत मानन्धर उपाध्यायले आँखा दानको विषय सर्वसाधारणमा रहेको भ्रम अझै नमेटिएको बताए । ‘आँखा दान गरौं मृत्युन्ज्य बनौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, ‘नानीको दान गर्नु नै आँखा दान हो । आँखाको डल्लो नै निकाल्ने होइन् । बाहिरी आँखाको पारदर्शी भाग मात्रै निकाल्ने हो । आँखा दान गरेर अर्को जन्ममा अन्धो भइन्छ भन्ने सोच भ्रम हो ।’ आँखाको दान दुई वर्ष माथि ७० वर्ष भन्दा मुनिका व्यक्तिहरुले गर्न सक्ने मानन्धरले बताए । एउटा मान्छेबाट लिइएको आँखाले दुई जनालाई दृष्टि दिनसक्ने उनको भनाइ छ ।

यस्तै त्यहाँ रहेका अर्का विद्यार्थीले दृष्टि दोषको विषयमा जानकारी दिएका थिए । अहिलेसम्म भरतपुर आँखा अस्पतालमा ८२१ जनाले आँखा दान गर्न तयार रहेको आँखा बैँककी कोर्डिनेटर छाया श्रेष्ठले बताइन् । अस्पतामा अहिलेसम्म ९६ जनाको आँखा प्रत्यारोपण भएको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेलले आँखामा लाग्ने रोग र समाधानको ज्ञान दिन कार्यक्रम गरिएको बताए । आँखा सम्बन्धी जिज्ञासा भएका मानिसहरु वा बिरामीहरुका लागि प्रभावकारी भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>