अर्थ

ढुवानी ठप्प पारेर व्यवसायी आन्दोलित, देशभर इन्धन अभाव

Banner

चितवन,चैत १९-

पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेर आन्दोलन सुरु गरेसँगै देशभर इन्धन अभावन हुन थालेको छ। ढुवानी रोक्दै निगमको डिपोबाटसमेत इन्धन उठाउन छाडेर व्यवसायीले अनिश्चितकालीन आन्दोलन सुरु गरेसँगै चितवनसहित देशभरका अधिकांश पम्पहरु बन्द भएका छन् । चितवनमा धेरै पम्पले बिहीबारदेखि नै इन्धनको बिक्रीवितरण गर्न छाडेका थिए । खुला रहेका केही पेट्रोल पम्पहरुले मौज्दात रहेको इन्धन बिक्री गरिरहे पनि उपभोक्ताले आवश्यकता अनुसार पाउन सकिरहेका छैनन् ।

खुला रहेका पम्पमा इन्धन भर्न रातभर सर्वसाधारणको लाम लागेको थियो । सवारीसाधन र विभिन्न भाँडावर्तनसहित पम्पमा लाइन लागे पनि सर्वसाधारणले पर्याप्त इन्धन पाउन सकेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>