चितवन विशेष

चितवनमा आजबाट बृहत् अन्तर्राष्टिय प्रदर्शनी ‘नेपाल ५पी’ सुरु (फोटो फिचर)

Banner

पुजा ढकाल,

चितवन, चैत १७-

चितवनमा आजबाट पलास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्टिय प्रदर्शनी ‘नेपाल ५पी’सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा भरतपुरको औद्योगिक प्रदर्शन केन्द्र एक्स्पो सेन्टरमा आजबाट प्रर्दशनी सुरु भएको हो ।

चैत्र २० गतेसम्म लाग्ने प्रदर्शनीमा स्वदेश तथा विदेशबाट गरी १२० बढी कम्पनीहरुको स्टल रहका छन् । त्यस्तै प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बिबक, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्टस्, पेपर मेसिनरी, पेपर कप मेसिनरी सबै खालका कागज र स्पेर पार्टस्, सिलाई मेसिनरी उत्पादकहरू, प्याकेजिङ मेसिनरी र अन्य थुप्रै उत्पादकहरूको सहभागिता रहेको छ ।

यो प्रदर्शनीलाई नेपाल मुद्रण उधोग महासंघ, कोरोगेटेड बक्स म्यानुफ्याक्चर्स, चितवन उधोग संघ र नेपाल उधोग परिसंघलगायत आईपीआईए र आईएससीएमए जस्ता विदेशी संस्थाहरूले सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>