चितवन विशेष
भरतपुरमा गठबन्धन नभए समाजवादीबाट मेयरको उम्मेदवार म हुन्छु: अरुणपीडित भण्डारी
०

चितवन, चैत १६-
भरतपुर महानगरका प्रवक्ता तथा नेकपा समाजवादीका नेता अरुणपीडित भण्डारीले स्थानीय निर्वाचनमा गठबन्धन नभए नेकपा समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बन्ने बताएका छन् ।
आज नारायणी अनलाइनसँग कुरा गर्दै नेता भण्डारीले आफू मेयरको उम्मेदवारको लागि तयार रहेको तर गठबन्धन के हुन्छ भन्ने कुराले मात्र रोकिएको बताए । उनले भने, ‘ पार्टीमा पनि कुरा भइरहेको छ । गठबन्धन भएन भने हार्न अरु को नै पो उठ्छ र । म नै मेयरको उम्मेदवार बन्ने हो । ’ उनले गठबन्धन भएको खण्डमा वडा अध्यक्षसमेत उठ्न सक्ने संकेत गरे । नेकपा एमाले प्रवेश गर्ने सम्भावना नरहेको भन्दै उनले भने,‘एमाले मै धेरै नेता छन्, मेयरका लागि देवी ज्ञवाली, विजय सुवेदी लगायतका नेताहरु नै हुनुहुन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























