चितवन विशेष

इच्छाकामना गाउँपालिकाको तल्लो काउलेका १२० घरमा पहिलो पटक बिजुली बल्यो

Banner

चितवन, चैत १५-

इच्छाकामना गाउँपालिकाको तल्लो काउँलेमा पहिलो पटक बिजुली पुगेको छ । आज गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंह र धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बत्ती बालेर सो आयोजनाको उद्घाटन गरेका हुन् ।

सो आयोजनाबाट पहिलो चरणमा १२० घर लाभान्वित हुने वितरण केन्द्रका प्रमुख सिंहले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ एउटा वाडमा पहिलो पटक बत्ती बले पनि क्रमश गाउँपालिकाको अन्य वडामा पनि असार मसान्तसम्म बत्ती पु¥याउने योजना छ । असार मसान्तसम्म काउले क्षेत्रको सबैतिर बत्ती बल्नेछ ।’ उनले अढाइ वर्ष अगाडिदेखि सुरु भएको काम बिगत तीन महिनामा रफ्तारमा गरेर बत्ती बाल्न सम्भव भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>