Breaking News

चितवनमा बढ्यो वायु प्रदूषण, भरतपुरको एयर क्वालिटी इन्डेक्स १६३ पुग्यो

Banner

चितवन, चैत १५-

देशका विभिन्न भागमा लागेको डढेलोका कारण चितवनसहित देशभरको वायु प्रदुषण ह्वात्तै बढेको छ ।

वातावरण विभागका अनुसार भरतपुर महानगरपालिकाको बायुप्रदूषण १६३ छ । वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताए । ‘बेस्सरी हावा चलेन र पानी पनि परेन भने प्रदूषण अझै बढ्न सक्छ,’ उनले भने । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) मा मापन गरिन्छ ।

एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३०० भन्दा माथि जानुचाहिँ घातक हो । पोहोर साल काठमाडौंको एक्युआई घातकको तहमा पुगेको थियो । ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ सम्म पुगेको थियो ।

वातावरण विभागका अनुसार आज दिउँसो सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा छ । त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २१७ छ भने सिमरामा १७८ छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ छ । हावामा प्रदूषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमा चौंथो नम्बरमा परेको छ । स्विट्जरल्याण्डको आइक्युएयरका अनुसार काठमाडौंभन्दा अघि भियतनामको हनोई, बंगलादेशको ढाका र भारतको मुम्बई छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>