चितवन विशेष

माडी कुसुमखोलाका सुकुमबासीलाई तत्काल क्षतिपूर्ति दिन सरकारसँग माग

Banner

चितवन, चैत १५-

नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुमबासी संगठन चितवनले घर जलेका माडी कुसुमखोलाका सुकुमबासीहरुलाई तत्काल क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

संगठनका अध्यक्ष मणिकुमार लामाले आज प्रेषित गरेको विज्ञप्तिमा चैत १३ गते छापामार शैलीमा राष्ट्रिय निकुञ्जले जलाएका ४१ घरमा बस्ने पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको हो ।

विज्ञप्तिमा जनताको आवासको अधिकार संविधान प्रदत्त अधिकार भएको भन्दै सुकुमबासीहरुले बासको व्यवस्थापन गरेर बसेको ठाउँमा गठबन्धन सरकारको निर्देशनमा निकुञ्ज प्रशासनले आगजनी गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागलाई व्यवस्ता गर्दै पीडित जनताहरुको आवासको अधिकारलाई बञ्चित गरेमा संगठन चुप लागेर नबस्ने र त्यसबाट आउने परिणामको भागिदार स्वयं परमादेशी सरकार नै बन्ने चेतावनी दिन चाहन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>