Breaking News

चितवनमा ‘अवैध सम्बन्ध’ले बिथोल्यो परिवार

Banner

प्रतिमा कुमाल

चितवन, चैत १४–

पश्चिमा देशहरुमा विवाह अगाडि उमेर पुगेका केटा–केटी सँगै बस्ने परिपाटी छ । लिभिङ टुगेदर (केटाकेटी सँगै बस्ने) सम्बन्धलाई त्यहाँको समाजले स्वीकार गरेको छ । तर, नेपाली समाजले भने त्यसलाई अहिलेसम्म स्वीकारेको छैन । आधुनिकता र सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै चितवनमा पनि यस्तो विवाह अगाडि र विवाहपछि (विवाहोत्तर) अबैध सम्बन्ध भयाबय बन्दै गएको देखिन्छ ।

विश्वव्यापीकरणसँगै यो संस्कृति नेपालमा पनि भित्रिसकेको छ । जुन नेपाल जस्तो पूर्वीय दर्शन तथा संस्कृति, मर्यादा र संस्कार भएको देशमा अपाच्य छ । यसले समाजमा अश्लिलता, उछृङ्खलता र दुर्घटनासमेत बढाएको छ । पछिल्लो समय नेपालमा वैवाहिक बन्धनमा बाधिसकेका पुरुष महिला यस्तो विवाहोत्तर सम्बन्धमा बस्ने गरेको देखिएको छ । श्रीमान् श्रीमती हुदाहुँदै अवैध सम्बन्धलाई विवाहोत्तर सम्बन्धमा परिणत गरेका हुन् ।

यस्ता सम्बन्धमा बसेका महिलाहरु हिंसाको शिकार पनि बन्ने गरेका छन् । अवैध सम्बन्धले धेरैको घरपरिवार बिथोलेको समेत छ । भरतपुर महानगरपालिकाकी एक महिलाको समस्या पनि यस्तै छ । ६ वर्ष अगाडि उनले प्रेम विवाह गरेकी थिइन् । उनको काखमा साढे दुई वर्षकी छोरी छन् । हाँसीखुसी दामपत्य जीवन चलिरहेको थियो । एक्कासी श्रीमान्को परस्त्रीसंँगको सम्बन्ध थाहा पाएपछि उनले पीडा थाम्न सकिनन् ।

श्रीमान्सँगै परस्त्रीले दिनदिनै मानसिक तनाव पनि उनले भोगिन् । उनी भन्छिन् , ‘ १० महिना अगाडि मैले बुढाको फेसबुक हेर्दा सम्बन्ध रहेको थाहा पाए । मेरो श्रीमान्ले यसरी धोका दिन्छ भन्ने लागेकै थिएन । मलाई, छोरीलाई खुसी राख्नुहुथ्यो ।’ संगिताले श्रीमान्को व्यवहार परिवर्तन, दिनकै झगडा, कुनै कारण बिना रिसाउन थालेपछि बैवाहिक जीवनमा अरु कोहीको आगमन भयो भनेर बुझ्दा हुने बताइन् ।

सो महिलाबाट दैनिक जस्तो पाएको मानसिक तनाव कहिलै भुल्न नसक्ने उनले बताइन् । अहिले उनले जिल्ला प्रहरी कार्यालय चितवनको बालबालिका महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाट कानुनी परामर्श लिइरहेकी छन् ।

यो त एउटा सामाजिक विकृतिको प्रतिनिधि घटना मात्र हो । अवैध सम्बन्धका कारण धेरैको घरपरिवार बिथोलिएको छ । जसमा भरतपुरकै (नाम परिवर्तन) ममता पनि हुन् । उनले पनि प्रेम विवाहनै गरेकी थिइन् । उनले विवाह गरेको तीन वर्ष भयो । दुई वर्षकी छोरी उनको काखमा छ । तर, श्रीमान् घर आउँदैन्न । श्रीमान प्रेमिकासँग कहिले यता त कहिले उता जान्छन् । श्रीमान्लाई सम्झाउन उनले हर प्रयास न गरेकी होइनन् । तर, अगाडि माझी माग्ने पछाडि फेरि त्यही हर्कत गर्ने ममताको भनाइ छ । उनी अहिले प्रहरी कार्यालय धाइरहेकी छन् । श्रीमान्को प्रेमिकालाई पनि सम्झाउने प्रयास गरिरहेकी छन् । तर, दुवै जना सम्पर्कमा आएका छैनन् ।

साथै सरु घलेले भीरमा गएको गोरुलाई जतिनै गरे पनि जोगाउन नसकिने बताएकी छन् । उसको श्रीमती बच्चा छ । सम्बन्ध नराख, बस्दा बस्दैको घर तिम्रो कारणले बिग्रिन्छ भन्दा भन्दै बेवास्ता गरेपछि आफू प्रहरीमा धाउन परेको घलेको भनाइ थियो । आफ्नै घर भित्रकै मान्छेका कारण लाज महसुस भएको उनले बताइन् ।

अधिवक्ता फूलमाया रानाभाटले अवैध लिभिङ टुगेदरले समाजमा अश्लिलता, अपाच्य, उछृङ्खलता दुर्घटना, हिंसा बढाएको बताएकी छन् । यस्ता अपराध गर्ने व्यक्तिलाई कानुनले पनि सुरक्षा दिएको उनको गुनासो छ । मलाई व्यक्तिगतरुपमा के लाग्छ भने, ‘यस्ता महिला पुरुषलाई सार्वजनिक गर्नुपर्छ । अपराधीलाई गोप्य राखेर उसलाई सुरक्षा दिँदा उनीहरु प्रोत्साहित भइरहेका छन् । दोहोराएर घटना घटाइ रहेको छ । उनीहरुलाई निरुत्साहित नै गर्नुपर्छ,’ उनको भनाइ छ । परस्त्री–पुरुषसँग लाग्दा कतिपयको श्रीमान् तथा श्रीमतीले आत्महत्या समेत गरेको अधिवक्ता रानाभाटको भनाइ छ ।

विषेश गरी लिभिङ् टुगेदर मा अविवाहित भन्दा विवाहित महिला पुरुष बस्ने गरेका छन् । यसलाई नियन्त्रण गर्न मान्छेको आचरण मै सुधार गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्न, ‘पहिला संयुक्त परिवार थियो ।, परिवारमा बुहारी छोरी, छोरा कहाँ गयो भन्ने कुरा परिवारमा ख्याल हुन्थ्यो । अहिले त्यस्तो छैन । छुट्टिएर बस्छन् । कतिको श्रीमान् त कतिको श्रीमती विदेश छन् । नेपालमा भएका उनका श्रीमान्–श्रीमती यहाँ परपुरुष र परस्त्रीसंँग हिडिरहेका छन् । मर्यादा छैन, आचरण छैन । त्यो कारणले यो समस्या अहिले निम्तिएको छ ।’

२०७५ साल भदौ १ गते बनेको कानुनले दोस्रो विवाहलाई मान्यता दिएको छैन । विवाहित व्यक्तिहरु आफ्नो श्रीमान्–श्रीमती बाहेक अरुसँग बसे लिभिङ टुगेदर अर्थात अवैध सम्बन्ध नै मानिन्छ । कानुनले यसलाई मान्यता दिँदैन । श्रीमती वा श्रीमान्ले चाहे बहुविवाहको मुद्दा दायर गर्न सक्छन् । लिभिङ टुगेदरको लागि भने नेपालमा छुट्टै कानुन बनिसकेको छैन । डेरा लिएरै लिभिङमा बस्नेहरु भएकाले यसलाई रोक्न चुनौतीको विषय समेत बनेको छ । यस्ता घटनामा परिवारको सदस्यले सम्बन्ध भएको थाहा पाए आफू चोखिन र जोगिन जबरजस्ती करणीमा मुद्दा दायर गर्ने श्रृखला पनि बढेको रानाभाटको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवन महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी निरीक्षक कमला नरालले लिभिङ टुगेदरको विषयमा ठाडो उजुरी मात्र आउने गरेको जानकारी दिइन् । सम्झाई बुझाई गर्ने काम मात्र प्रहरीले गरेको उनको भनाइ छ । ‘जटिल खालका प्रमाण पु¥याउन सक्ने खालका छन् भने मुद्दा दर्ता गरेर प्रक्रियामा जान्छौं,’ उनले भनिन् । श्रीमान्–श्रीमतीको रुपमा लिभिङमा बस्नेहरु घरेलु हिंसा भएको भन्दै धेरै जस्तो आउने गरेको उनको भनाइ छ ।

सांकेतिक तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>