चितवन विशेष

चितवनमा १६६ जना पत्रकारहरुको रगतको नमुना संकलन, बरिष्ठ चिकित्सकहरुले स्वास्थ्य परामर्श दिने

Banner

भरतपुर, चैत १४-

चितवनका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुको स्वास्थ्य परीक्षण गराएको हो ।

आज (सोमबार) १६६ जना पत्रकारहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि बिहान ७ बजेबाट महासंघ परिसरमा रगतको नमुना संकलन गरिएको छ । कार्यक्रम संयोजक विप्लव काफ्लेका अनुसार १६ गते रगतको रिपोर्टसहित विशेषज्ञ चिकित्सकद्वारा दोस्रो चरणको स्वास्थ्य परीक्षण गरिने छ ।

भरतपुर अस्पतालका ल्याब प्रमुख उर्मिला कँडेलका अनुसार संकलित रगतबाट कलेजो, मृगौला, मधुमेह, थाइराइड, एनिमाया, रगतमा हुने संक्रमण लगायतका समस्याहरु पहिचान हुनेछन् । संकलित रगतबाट ८ प्रकारका जाँचहरु हुनेछन् । १६ गते बिहान पत्रकार महासंघ चितवन शाखाको भवनमा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको नेतृत्वमा बरिष्ठ चिकित्सकहरुको समूहद्वारा स्वास्थ्य जाँच हुनेछ ।
जटिल रोग पहिचान भएमा उपचारका लागि सम्बन्धित अस्पतालमा सहजीकरण गरिने महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिए । पत्रकारहरु स्वस्थ्य बनेमा सूचना तथा सम्प्रेषणमा थप योगदान गर्न सक्ने भएकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>