चितवन विशेष

चितवनमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर भोलि, पारस खड्कासंग भेट गर्न पाइने

Banner

चितवन, चैत १२–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (आइतबार) ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ हुने भएको छ ।

भरतपुरस्थित होटल रोयल सेन्चुरी पछाडी रहेको एक्सपर्ट बेस क्याम्पमा हुने फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ । कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाबाट आउनु भएका एक्सपर्टका प्रतिनिधिहरु र बैंकका प्रतिनिधि संग प्रत्यक्ष संवाद गर्न सक्ने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्वेसेडर पारस खड्कासंग समेत सम्वाद गर्न सकिने निर्देशक अधिकारीले बताए ।

विगतका वर्षहरुदेखि नै एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गर्दै आइरहेको छ । ती कार्यक्रमहरुबाट हजारौं विद्यार्थीहरु लाभान्वित भएको र विदेशमा आफ्नो अध्ययनको अभिलाषा पुरा गर्न सफल भएको एक्सपर्टको भनाई छ । विगत दुई वर्षमा कोरोनाका कारण सिर्जित यात्रा प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्न सम्भव नभएपछि भर्चुअल माध्यमबाट यस प्रकारका कार्यक्रमहरु हुँदै आइरहेको थियो ।

हाल कोभिड महामारीको प्रकोप धेरै मात्रामा नियन्त्रणमा रहेको देखिन्छ । नेपाली विद्यार्थीहरु अध्ययन गर्न जाने मुख्य देशहरु अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाले अवलम्वन गरेका यात्रा प्रतिवन्धका नीतिहरु खुकुलो बनाएका छन् । ती देशहरुले आफ्नो देशमा अध्ययन गर्न आउन चाहने विदेशी विद्यार्थीका लागि सहज हुने आकर्षक नीतिहरु अवलम्वन गरेका छन् । यसले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रचुर सम्भावनाहरु सृजना गरेको छ ।

नेपालका प्रमुख शहरहरुलगायत विश्वका १३ देशका ४५ भन्दा बढी शाखाहरुबाट सेवा संचालन गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>