Breaking News

प्रचण्डलाई काँग्रेस नेता कोइरालाले भनेः दम्भ नदेखाउनुहोस्, गठबन्धन केन्द्रमा होला,भोट हामीले हाल्ने हो

Banner

चितवन,चैत ११-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दम्भ नदेखाउन सुझाएका छन्। प्रचण्डले केही दिनअघि चितवन आएर त्यहाँका कांग्रेस नेताले गठबन्धनको विपक्षमा धारणा राखिरहेको भए पनि केन्द्रबाटै गठबन्धन हुने बताएका थिए। त्यसप्रति कोइरालाको जवाफ छः प्रचण्डको दाबी अस्वभाविक दम्भ हो। त्यसो गर्नुहुँदैन। गठबन्धन केन्द्रमा होला। भोट त हामीले हाल्ने हो नि।

२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले धोका दिएको कोइरालाको भनाइ छ। ुकांग्रेस यदि चितवनमा गठबन्बधन हुन्छ भने माओवादीले २०७४ मा कांग्रेसलाई धोका दिएको छ। इमानदारपूर्वक विना शर्त सहयोग गर्छौँ भन्यो भने गठबन्धनको विषयमा छलफल हुन्छ, नभए हुँदैन, उनले भने।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आफूले नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्ने धारणा राखेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>