चितवन विशेष

उद्योग वाणिज्य संघ चितवनले व्यवसायीलाई दियो अभिमुखीकरण

Banner

चितवन, चैत ९-

उद्योग वाणिज्य संघ–चितवनले व्यवसायीहरुलाई एक दिने अभिमुखीकरण दिएको छ ।

चितवनबाट भारत र तेस्रो मुलुक वस्तु तथा उत्पादन निर्यात गर्ने कम्पनीका प्रमुख एवम् सचिवालयका कर्मचारीहरुलाई लक्षित गरी सो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन गर्दै संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले नेपालको उत्पादन बाह्य बजारमा निर्यात गर्दा उक्त वस्तु नेपालमा उत्पादन भएको हो भन्ने प्रमाणको रुपमा उत्पत्तिको प्रमाणपत्र आवश्यक रहेको बताए । कार्यक्रममा उपाध्यक्ष सुवेदीले उद्योग वाणिज्य संघ–चितवनले निर्यात प्रवद्र्धनका लागि चितवन जिल्लाका उद्योग र उद्योगबाट उत्पादन भएका वस्तुहरुलाई वाह्य बजारमा बिक्री वितरण गर्नका लागि अध्ययन गरी छिट्टैनै उत्पादन, आयातकर्ता र निर्यातकर्ताबीचको अन्तरक्रियात्मक भेला आयोजना गर्न लागिएको बताए । उनले उत्पादकत्वमा जोड दिई आयातलाई निरुत्साहित गर्नुपर्ने विचार राखे । कार्यक्रममा संघका तृतीय उपाध्यक्ष सिरिस पन्तले हाल चितवनबाट तेल, वियर, कोक, चाउचाउ मह लगायतका उत्पादन अन्तराष्ट्रिय बजारमा नियार्यत हुने गरेको बताउँदै यसमा बृद्धि हुनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले नेपाल सरकारले नेपाल उद्योग वाणिज्यमहासंघ मार्फत विगत केहि वर्ष देखि उतपत्तिको प्रमाणपत्र निस्कासन गर्नका लागि उद्योग वाणिज्य संघ–चितवनलाई अनुमति दिएको बताउँदै उक्त कार्य सूचना प्रविधिको सदुपयोग गर्दै छिटो, छरितो र समयानुकुल बनाउनका लागिअभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा कार्यकारी निर्देशक केसीले उक्त अभिमुखिकरण तालिम पश्चात सचिवालयबाट प्रवाह गर्ने सुविधा चुस्त र छरितो हुने बताए । कार्यक्रममा विभिन्न कम्पनीका प्रमुख एवम् प्रतिनिधि, संघका सम्बन्धित कर्मचारीलगायत २० जनाको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा संघका उपाध्यक्ष सिरिष पन्त कार्यसमिति सदस्य रजनी मास्के, रबिन्द्र कुमार श्रेष्ठ, डा. जीवनकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल, पूर्णिमा श्रेष्ठको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>