चितवन विशेष

चितवनमा एक महिनामा पाँच वटा बेवारिसे शव फेला

Banner

चितवन, चैत ९-

जिल्ला प्रहरी कार्यालय चितवनले एक महिनामा पाँचवटा बेवारिसे शव फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुक पेजबाट आज सनाखत हुन नसकेको ती शवको हुलियासहित फोटो सार्वजनिक गरेको हो ।

चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले ती शव एक महिना भित्र फेला परेको नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार सनाखत हुन नसकेका पाँच जना पुरुष रहेका छन् । उनीहरुको शव जिल्लाको मातहत कार्यालय समेतको बडा एरियामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुको शवहरु भरतपुर अस्पतालको शव गृहमा सुरक्षित राखिएको छ । हुलियाको फोटो सहितको शव कोही कसैको आफन्त वा चिनजानको मानिसको भएमा प्रहरीमा सम्पर्क गर्न डिएसपी अधिकारीले आग्रह गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>