चितवन विशेष
स्वदेशी शिक्षा प्रवद्र्धन अभियान चलाउँदै काठमाडौँको वल्र्ड स्कुल नेपाल टुरमा

चितवन, चैत ८-
बिगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ वल्र्ड स्कुलले नेपाल टुर सुरु गर्ने भएको छ ।
मुख्य तीन शहर चितवन, बुटवल र भैरहवामा टुर मार्फत स्वदेशी शिक्षा प्रवद्र्धन अभियान चलाउन लागिएको स्कुलले जनाएको हो ।
स्वदेशमै गुणस्तरीय शिक्षाको खोजिमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गर्न लागेको हो । चैत १२ गते चितवनको ग्लोबल होटलमा, ११ गते बुटवलको ड्रिम इन्टरेनशनल होटलमा बिहान ८ बजे र सोहि दिन ३ बजे भैरहवाको होटल पौवामा मिनी शैक्षिक मेला हुनेछ ।
स्कुलका अध्यक्ष इञ्जिनियर डा. मिथिलेस कुमार झाले गुणस्तरीय शिक्षाको खोजिमा विदेशिनुपर्ने बाध्यता हटाउन स्कुल स्थापना गरिएको बताए ।
मेलामा अभिभावक, विद्यार्थी, शिक्षा क्षेत्रका सरोकारवालाहरुबीच स्वदेशी शिक्षा प्रर्वद्वनबारे समेत छलफल हुने छ । स्कुलका प्राचार्य केशर खुलालले नेपाल टुर मार्फत स्कुलको शैक्षिक गतिविधिबारे बुझाइने बताए । उच्च शिक्षाको खोजीमा विदेशिने विद्यार्थीलाई लक्षित गरी स्वदेशमै अन्तर्राष्ट्रिय पूर्वाधार सहितको स्कुल स्थापना गरिएको बताए ।
नेपाल टुरको इभेण्टस् म्यानेजमेन्ट ड्रिम हाइ नेपालले गरेको प्रमुख कमल जिसीले जानकारी दिए । चौधरी ग्रुपको सिजी होल्डिङ्गसद्वारा सञ्चालित भक्तपुरको सूर्यविनायकमा अवस्थित काठमाडौं वल्र्ड स्कुलले स्वदेशमै अन्र्तराष्ट्रिय मापदण्ड र सुविधासहितको शिक्षा दिदैँ आएको छ ।
























