चितवन विशेष

चितवन पेट्रोलियम डिलर्स एशोसिएसनद्वारा आन्दोलनको घोषणा

Banner

चितवन, चैत ७-

चितवन पेट्रोलियम डिलर्स एसोसिएशनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

एशोसिएसनले आज एक सूचना जारी गर्दै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले संलग्न पत्रमा उल्लेख गरिए बमोजिमका मागहरु राखी तोकिएको समयभित्र समस्या समाधान हुन नसकेपछि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको बताएको हो ।

सूचनामा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले गत चैत पाँच गतेदेखि सुरु गरेका आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता समेत जनाएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष तथा सहसंयोजक लिलेन्द्रप्रसाद प्रधान, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ का अध्यक्ष तथा सहसंयोजक खगेश्वर बोहरा र नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष तथा संयोजक कुशप्रसाद मल्लीद्वारा हस्ताक्षरित सूचनामा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत सम्बन्ध समितिको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय चितवनमा आन्दोलनका विषयहरुमा आइतबार एशोसिएसनका पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका थिए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पुल्चोक गोद्राङ सडक निर्माणका क्रममा पेट्रोलियम व्यवसायीहरुमा परेको समस्या पनि जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>