Breaking News

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा,तयारी अन्तिम चरणमा

Banner

चितवन, चैत ७-

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ । चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिने छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म हुने यान्त्रीकरण प्रदर्शनीमा १५० भन्दाबढी प्रदर्शनीकर्ता रहने छन् ।

प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ र कृषि कर्जा मेला विशेष आकर्षणको रूपमा रहने नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताए । त्यस्तै, २० भन्दा बढी मुलुकको सहभागितामा दुई हजार भन्दा बढी प्रकारका उपकरण प्रदर्शन गरिने उनले बताए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको उनी बताउँछन् । कृषिमा अनुदानको मोडालिटी परिवर्तन गर्नुपर्ने उनले बताए ।

‘एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण तथा सेवाका बारेमा कृषकहरूलाई जानकारी गराउन प्रदर्शनी आयोजना गरिएको हो,’ उनले भने । कृषि तथा पशुपालन क्षेत्रमा उत्पादन लागत घटाएर उत्पादन क्षमता बढाउनका लागि प्रदर्शनी महत्त्वपूर्ण साबित हुने संघकी केन्द्रीय सदस्य सुनिता न्हेम्हाफुकीले बताइन् । कृषि यान्त्रीकरण प्रदर्शनी हरेक दुई वर्षमा आयोजना गर्ने गरिएको उनले बताइन् । यसअघि चौथो प्रदर्शनी पनि चितवनमै भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>