चितवन विशेष
नेकपा एमाले भरतपुर ११ को घरदैलो एकैदिन ६ ठाउँबाट सुरु

चितवन, चैत ७-
नेकपा एमाले भरतपुर महानगरपालिका–११ ले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम सुरु गरेको छ ।
भरतपुर महानगरपालिका–११ वडा कमिटीले २८ वटा टोल कमिटीलाई समेट्ने गरी आज वडाका ६ ठाउँबाट एकैसाथ कार्यक्रमको सुरुवात गरेको हो ।
गणेशस्थानबाट सुरु भएको घरदैलो कार्यक्रममा पार्टी प्रदेश कमिटी सचिव एवम् प्रदेश सांसद विजय सुवेदी, संघीय संसद कृष्णभक्त पोखरेल र एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गरेका थिए । १५ गतेसम्म सञ्चालन हुने घरदैलोमा कांग्रेस र माओवादीबाट सयौं कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी गरेको नेकपा एमाले वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ केही दिन अगाडि माओवादी केन्द्र प्रवेश गरेको भनेर हल्ला चलाइएका पार्टीका कार्यकर्ताहरु घरदैलो अभियानमा हिडिरहेका छन् । कोही पनि अन्य पार्टीमा गएका छैनन् ।’ उनले अन्य पार्टीबाट आउनेको संख्या भने बढ्दै गइरहेको बताए ।

























