अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

Banner

चितवन,चैत ६-

सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरूले अब खल्तीबाट सिधैं आफ्नो बीमा प्रिमियम तिर्न सक्ने व्यवस्था सुरू भएको छ। उक्त सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य राखेको छ। यो सेवाले समयको कमिका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापुमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ।

यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्वाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं। यसरी उनीहरूले समय र पैसा दुवैको बचत गर्न सक्छन्।

यसरी तिर्नुहोस् खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियमः

खल्ती एप लग-इन गरी इन्स्योरेन्स आइकनमा ट्याप गर्ने।

त्यहाँ देखिने सिटिजन लाइफ इन्स्योरेन्स छनौट गर्ने।

यहाँ तपाईंले आफ्नो जन्ममिती र पोलिसी नम्बर भर्नुपर्ने हुन्छ।

यसपछि तपाईंले आफ्नो विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्।

अबको पृष्ठमा तपाईंले सम्पूर्ण विवरण दाखिला गरी प्रोसिड टू पेु मा क्लिक गरेर रकम भुक्तानी गर्न सक्नुहुन्छ।

पाँच हजार प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताले खल्तीसँग आफ्नो केवाइसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने हुन्छ।

खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो। खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान पुर्‍याएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>