अर्थ

नेपालमा एक बर्षमा ६६ करोड बराबरको नरिवल आयात

Banner

काठमाडौं,चैत ६-

गत आर्थिक वर्ष २०७७/७८ मा रू. ६६ करोड बराबरको नरिवल आयात भएको छ । विगत १३ वर्षको तथ्यांक विश्लेषण गरी हेर्दा यस अवधिमा नरिवल आयातको औसत वार्षिक वृद्धिदर करीब १९ प्रतिशत रहेको छ ।

कृषि श्रमिकको कमी, नरिवल खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकको नरिवल उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम नरिवल उत्पादन हुन नसक्दा यसको आयात बढेको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै नरिवल उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले नरिवलखेतीमा व्यावसायिक लगानीको प्रबल सम्भावना रहेको पुष्टि हुन्छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>