Breaking News

सधैं सडकमा गएर ढुंगा हानेर हुँँदैैन, अब निर्माणको युगमा जानुपर्छः  एमाले नेता ढकाल

Banner

चितवन, चैत ५-

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले अब निर्माणको युगमा जानुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको नेपाल उद्योग संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई आज सौराहामा सम्बोधन गर्दै उनले एमाले समृद्धिभित्रबाट श्रेष्ठता खोज्नुपर्ने ठाउँमा आएको बताए  ।

एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउनु पर्छ भन्ने ठाउँमा पुगेको भन्दै उनले अगाडि भने, ‘त्यसका निम्ति सधैं सडकमा गएर ढुंगा हानेर हुँँदैैन । अब हामी निर्माणको युगमा जानुपर्छ ।’ हिजो जहानिया शासनको अवस्था रहेको स्मरण गराउँदै उनले भने, ‘अहिले जनताको शासन लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताको साथ र सहयोगमा राष्ट्र र जनताको सेवा गर्ने नीतिका साथ अगाडि बढ्ने हो ।’

समयक्रमले अब एमाले जनताको म्यान्डेडको आधारमा सत्ता टिकाउनु पर्छ, सत्ता सञ्चालन गर्नुपर्छ भन्ने ठाउँमा आएको भन्दै उनले भने, ‘हामीले राम्रो कुरा सोचेर पनि जनताले अनुमोदन गर्ने बेलासम्म जनताको धैर्यलाई साथ लिएर यहाँसम्म आयौं । अब पनि जनताको साथको अर्काे विकल्प छैन ।’

जनताको बहुदलीय जनवादको प्रकाशमा समाजवादको आधार खडा गर्ने नीतिका साथ एमाले अगाडि बढेको उनको भनाइ छ । हिजो विद्रोको र विपक्षीको भूमिकाको निम्ति सशक्त आन्दोलन गर्ने कुरा श्रेष्ठताको विषय रहेको बताउँदै उनले अगाडि थपे ‘हिजो आन्दोलनमा कसरी धेरै मान्छे ल्याउने, कसरी शक्ति प्राप्त गर्ने भन्ने थियो, अब समृद्धि कसरी प्राप्त गर्ने भन्नेमा छौं ।’

अहिले पनि एमाले विरुद्ध विभिन्न खालका षड्यन्त्रहरु भइरहेको उनको भनाइ छ । विवादभन्दा माथि हुनुपर्ने संस्थालाई प्रयोग गरेर सरकाले षड्यन्त्र गरिरहेको बताउँदै उनले भने ‘निर्वाचन आयोगलाई निकम्मा बनाएर निर्वाचन नहुने अवस्था सिर्जना गराउने तर्फ जाने सम्भावना छ । त्यसका लागि सावधानी अपनाउनु पर्छ ।’ सडकबाट भए पनि यो सरकारलाई निर्वाचन गराउन बाध्य गराउनुको विकल्प नभएको पूर्वमन्त्री समेत रहेका ढकालले बताए ।

मत पत्रको रंग हरियो भन्दा रातो नै स्पष्ट देखिने बताउँदै उनले अगाडि थपे ‘साना साना यस्ता प्रायोजित षड्यन्त्र बुनेर गम्भीर खालका षड्यन्त्र गरिँदै छ ।’ अहिले जनताप्रति जवाफदेही हुनु पर्ने सरकार नभएको भन्दै उनले भने, ‘यो त सेटिङबाट प्राप्त परमादेशबाट पाँच जना श्रीमान्ले बनाइदिएको सरकार हो ।’ नेपालको अब राजनीतिक दुई ध्रुवमा विभाजन हुने बताउँदै उनले गठबन्धनमा रहेकाहरु एकैपटक कांग्रेसमा जान नसकेको बताए । उनले भने ‘प्रकारान्तमा यिनीहरु जाने भनेको कांग्रेसमै हो । अबको निर्वाचनमा यिनीहरु रुख चिन्ह लिएर चुनाव लडे भने अन्यथा नमान्दा हुन्छ ।’

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलपी सावा लिम्बुले सुखी नेपाली समृद्ध नेपालको नाराको अगुवाई महासंघले गर्नुपर्ने बताए । कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, महासंघका महासचिव भैरव सापकोटा संघका संयोजक डा. तिलचन्द्र भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा डा. तिलचन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>