चितवन विशेष

प्रत्येक जन्मदिनमा बृक्षारोपण गर्छन चितवनका सांसद सुवेदी

Banner

चितवन, चैत ५-

मानिसहरुको आफ्नो जन्मदिन मनाउने तरिका फरक-फरक हुन्छन् । अधिकांश केक काटेर खानपिन गरेर जन्मदिन मनाउने गरेको भए पनि प्रदेश सांसद विजय सुवेदीले भने हरेक जन्मदिन वृक्षरोपण गरेर मनाउने गरेका छन् ।

वृक्षरोपण बाहेक उनी हरेक जन्मदिनमा केही न केही सामाजिक सेवाका कार्यक्रममा सक्रिय हुने गर्छन् । आज परेको ५९ औं जन्मदिनमा उनले भरतपुरका दुई टोलको आपतकालिन कोषलाई ५० हजार रुपैयाँ दिनुका साथै वृक्षरोपण पनि गरे । उनले आज गणेश स्थानमा वृक्षरोपण गरेर जन्मदिन मनाए । यसअघि पनि सांसद सुवेदीले आफ्नो जन्मोत्सवको अवसर पारेर रक्तदान, वृक्षरोपण, सरसफाई अभियानमा सामाजिक कामहरु गर्दै आएका थिए ।

स्याङ्जाको क्याक्मी– ४ चाङसिङमा जन्मिएका सुवेदी २०३७ देखि चितवनमा बसोबास गर्दै आएका छन् । उनी २०७४ मा चितवन २ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनले २०६७ सालमा संयोजक बनेर चितवन उपत्यका रणनीतिक विकास योजना तयार पारेका थिए । उनी यही भदौ २३ गतेदेखि कार्तिक १० गते सम्म ४९ दिन वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहँदा १०० बढी उल्लेख्य कामहरु गरे । उनले भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा रहदा पनि उल्लेख्य काम गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>