Breaking News

चितवनको शक्तिखोर सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन हुँदै,बोलपत्र आव्हानको प्रक्रिया सुरु

Banner

चितवन, चैत ५-

नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणाधीन रहँदै सरकारले चितवनमा सुरुङमार्ग निर्माणका लागि योजना बनाएर सम्भाव्यता अध्ययन अगाडि बढाउन लागेको छ ।

पहाड खोतलेर बनाइने सुरुङमार्गले यात्राको दूरी घटाउने भएकाले चितवनको कालिकानगरपालिकाको शक्तिखोरबाट–मझिमटार जोड्ने सुरुङमागै अघि बढाउने तयारी सडक विभागको छ । सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरेको छ।

विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै शक्तिखोर–मझिमटार (चितवन) सुरुङमार्ग निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्न परामर्शदाताका लागि ठेक्का आह्वान गरेको हो ।

केन्द्रका अनुसार यी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि एकल अथवा जेभी परामर्शदाता कम्पनीहरुले आफ्नो आवेदन दिन सक्नेछन् । यदि जेभी भएमा तीन वटा परामर्शदाता कम्पनीहरु सहभागी भएको हुनुपर्नेछ । सम्भाव्यता अध्ययनपछि प्रस्तावित सुरुङमार्गको लागत कति हुने भन्ने प्रष्ट हुनेछ ।

चितवनको शक्तिखोरदेखि पृथ्वीराजमार्गको मझिमटारसम्म सुरुङमार्ग निर्माणका लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमै रकम विनियोजन गरिएको थियो । अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने योजना सरकारले केही ढिला गरी अघि बढाउने भएको हो । यो आयोजना निर्माण भएपछि चितवनबाट काठमाडौंको दूरी छोट्टिने छ ।

अप्ठ्यारो र घुम्ती सडकहरुको दुरी छोट्याइ सवारी आवागमन सहज बनाउन पहाड र भीरहरु प्वाल पारेर सुरुङ निर्माण गरिन्छ । यसले इन्धन र समयको बचत गराउँछ । विकसित देशहरुमा सयौं वर्षअघि देखि सुरुङमार्ग प्रयोगमा रहे पनि नेपालमा भने बल्ल निर्माण हुन थालेको हो ।

देशका झन्डै एक दर्जन स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन भइरहेको छ । कुनैको डीपीआर बनाउने प्रक्रिया चल्दैछ भने कुनैको भौगोलिक अध्ययन भइरहेको छ । जहाँ जहाँ धेरै लामो र घुमाउरो सडक निर्माण गर्नुपर्ने देखिएका छन्, ती ठाउँमा कम खर्चमा सुरुङमार्ग निर्माणबारे प्राविधिकहरुले अध्ययन पनि अघि बढाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>