चितवन विशेष
रेखा थापाको चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा चितवनबाट पक्राउ
०

चितवन,चैत ५-
आफूलाई अभियन्ताका रुपमा चिनाउने शर्मिला वाइबा चितवनबाट पक्राउ परेकी छन् । उनीविरुद्ध अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । पल शाह पक्राउ प्रहरणमा नाबालिग गायिकाको समर्थनमा स्टाटस लेखेपछि वाइबाले आफूविरुद्ध गाली बेइज्जती गरेको रेखाको आरोप छ ।
वाइबाले युट्यूवमा पलको समर्थनमा अन्तरवार्ताहरु दिएर भाइरल भएकी थिइन् । वाइबालाई शुक्रबार चितवन प्रहरीले टाँडीबाट पक्राउ गरेको हो । यसअघि पनि उनी पक्राउ परेको हल्ला फैलिए पनि असत्य सावित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























