Breaking News

निर्वाचन आयोगले ल्यायो निर्वाचन आचारसंहिता, अनुमति लिएर हेलिकप्टर प्रयोग गर्न पाइने

Banner

चितवन, चैत ३-

निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार गरेको छ ।

आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको हो ।

आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ । आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुने जनाइएको छ ।

‘आयोगले मिति तोक्छ । सायद चैतको दोस्रो साताबाट लागू हुन्छ होला,’ आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने । आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले मनोनयन दर्ता गर्ने बेलासम्म बहाल रहेको पदबाट राजीनामा दिइसक्नु पर्ने उल्लेख गरिएको छ ।
आचार संहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू पनि समावेश गरिएको छ । राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>