Breaking News

चितवनमा होलीको रौनक बढ्दै, नारायणी किनारमा युवायुवतीको भीड

Banner

पूजा ढकाल

चितवन, चैत ३-

हिन्दू नेपालीहरुको माहान पर्वको रुपमा मनाइने होलीपर्वको पहिलो दिन आज चितवनमा होलीको रौनक देखिएको छ ।

गतवर्ष कोरोना महामारीको कारणले उत्साहका साथ मनाउन नपाइएको होली आज चितवन जिल्लाभर खुसी र उमंगका साथ मनाइएको हो ।

शहरका चोकचोकमा युवायुवतीहरु आपसमा रंग दलेर रमाइलो गर्दै छन् भने विभिन्न राजनीतिक दलहरु र संघसंस्थाहरुले पनि होली मनाइरहेका छन् । होलीमा उच्छृङ्खल गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार जिल्लामा कुनै उच्छृङ्खल गतिविधिका कारण कसैलाई पनि पक्राउ गर्न नपरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवन जिल्लामा शान्तपूर्वक रौनकका साथ सबैले होली मनाइरहेका छन् । शहरका चोकचोकमा प्रहरी चेकजाँचलाई कडा बनाइएको छ ।

होलीको टिसर्टलगाएर त्यनारायणी किनारमा दिनभर युवायुवतीहरु होली खेलेर रमाइलो गर्दै छन् । अर्काेतिर नारायणगढको नारायणी कला मन्दिरमा होली विशेष कार्यक्रम गरिएको छ भने शहरका विभिन्न रेष्टुरेन्टहरुमा स्थानीय कलाकारहरुको टोलीले होली विशेष सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । भरतपुर महानगरपालिका–११ को जखेडीमाई मन्दिरमा बुधबार साँझदेखि बाजागाँजाको साथ नाँचगान गर्दै स्थानीयले रमाइलो गरेका थिए । बिहान सबेरैदेखि मन्दिरमा दर्शन गर्ने दशनार्थीहरुको भीड लागेको थियो । चितवनमा आज र भोलि दुवै दिन होली पर्व मनाउने प्रचलन रहेको छ ।

व्यापार भने नबढेको व्यवसायीहरुको गुनासो

चितवन भूगोल तथा जनसंख्याको हिसाबल ठूलोे सहर हो । यो क्षेत्र व्यापार व्यवसायको लागि उत्तम मानिने भए पनि यसपटकको होलीमा राम्रो व्यापार नभएको नारायणगढका व्यवसायीको गुनासो छ ।

चितवनको पुलचोकमा लामो समयदेखि सापकोटा रेडिमेट फेन्सी चलाउँदै आएका चिन्तामणि सापकोटाको अनुसार एक हप्ता अघिदेखि बजारमा होलीको टिसर्ट आएको भए पनि खासै राम्रो व्यापार भने हुन नसकेको बताए । उनी भन्छन्, ‘ खासै राम्रो व्यापार हुन सकेन, भोलिसम्म तराईको होली रहेकोले राम्रो व्यापार हुन्छ कि भन्ने आशामा बसेको छु ।’ तर आज सम्मको व्यापार हेर्दा यो वर्ष झारिएको टिसर्ट बाँकी रहने उच्च सम्भावना छ । विगत दुई वर्षदेखि लकडाउन लागेको हुँदा देशमा आर्थिक संकट उत्पन्न भएकोले व्यापार नबढेको व्यवसायीहरुले बताए । आर्थिक संकटकै कारण यस वर्ष व्यापार व्यवसाय घटेको सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए ।

बिगत १७ वर्षदेखि फुटपाथमा व्यवसाय गर्दै आएका पप्पु गुप्ता भन्छन्, ‘गतवर्ष हालीमा ७–८ सय पिस टिसर्ट बिक्री भएको थियो । तर, यो वर्ष २०० पिस बिक्री हुन पनि मुस्किल भएको छ । व्यपारमा खडेरी लागेको उनको भनाइ छ । उनी भन्छन्, लकडाउन र कोरोनाको कारण यो वर्ष व्यापार खस्किएको हो ।’

त्यस्तै अर्का रंग व्यवसायी हरिबहादुर भाई टीका र होलीलाई लक्षित गरेर रंगको व्यवसाय गर्छन् । होलसेलबाट रंग ल्याएर व्यापार गर्ने बताउदँै यो वर्ष गतवर्षको जस्तो व्यापार नभएको उनको भनाइ छ । एक आपसमा आत्मियता साट्ने रमाईलो गर्ने पर्व होली भएकोले आफू काठमाडौँबाट होली मनाउन चितवन आएको स्थानीय लीला कँडेल बताउँछिन् । तर, पछिल्लो समय बजारमा केमिकल मिसाएको रंग आउँदा आँखामा असर गर्न र छालामा विभिन्न समस्या देखिने गरेको उनको भनाइ छ । त्यस्तै बृद्धा शिता गिरी भन्छिन्, ‘आफूले नखेले पनि अरुले खेलेको देख्दा रमाइलो लाग्छ । तर, पछिल्लो समय चाडपर्वमा विकृति भित्रिएको देख्दा नरमाइलो लाग्ने गर्छ । त्यसैले सबै सर्वसाधारणलाई रमाइलो गरेर, रंग दलेर आत्मियताको साथ होली मनाउन उनको अनुरोध छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>