Breaking News

फागु पर्वः उपत्यकाको सुरक्षामा कडाइ, बिहानैबाट मापसे चेकिङ

Banner

काठमाडौं,चैत ३-

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको र बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने जनाएको हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरिएको भनेको छ ।

होलीको पूर्व सन्ध्यामा बुधबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले होली पर्वलाई सभ्य र सुरक्षित रूपमा सम्पन्न गराउन ट्राफिक व्यवस्थापन कडा बनाउन सबै ट्राफिक एकाइ तथा इन्चार्जलाई निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>