चितवन विशेष

चितवनमा खुल्यो बेष्ट फाइनान्सको शाखा,अनलाईनबाटै खाता खोल्न सकिने

Banner

प्रतिमा कुमाल,

चितवन, फागुन २-

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नारायणगढको शहिदचोकमा आफ्नो सेवा सुभारम्भ गरेको छ । आज ९बुधबार० एक कार्यक्रमका विच शाखाको शुभारम्भ गरिएको हो । एनआरएनएका सचिव आरके शर्मा,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, प्रमुख सञ्चालक राजेश पुरी र शाखा प्रमुख उमेशसिंह भण्डारीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त बेष्ट फाइनान्सको नारायणगढ शाखा १५ औं शाखा हो । काठमाडौंको कमलादीमा मुख्य कार्यालय रहेको देशका विभिन्न ठाँउमा शाखा रहेका छन् ।

शाखा सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासिय नेपाली संघ (एनआरएनए) का सचिव शर्माले बेष्ट फाइनान्स कम्पनीको इतिहाँसबारे जानकारी गराउँदै यो संस्थालाई एनआरएनएको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो । ६ वर्ष पहिला बेष्ट फाइनान्सलाई राष्ट्र बैंकले समस्या ग्रष्त घोषित गरेको थियो । सर्वसाधारणको करोडौँ रुपैया फिर्ता गर्न बाँकी रहेको संस्था एनआरएनएले टेक ओभर गरेर रेस्क्यु गरेको शर्माले बताउनुभयो । उहाँले अहिले संस्थाले फाइनान्स क्षेत्रमा उल्लेख्य प्रगति गर्दै गएको धारणा राख्नुभयो ।

बैंकहरु आफ्नो श्रृणमात्र सुरक्षित गर्ने पाटोलाई मात्र बढी केन्द्रित गरेको भन्दै उहाँले सेवाग्राहीको हित हुने खालका गतिविधिहरु पनि संचालन हुनुपर्ने बताउनुभयो । ‘टाठाबाठा व्यवसायीलाई मात्र सपोर्ट गर्ने,आफ्नो लोनमात्र सेक्योर गर्ने परिपार्टीमा बैकहरु केन्द्रित छन्,त्यो अन्त्य हुनुपर्छ’,उहाँले भन्नुभयो ।

साना उद्यमि, विद्यार्थी र व्यवसायीलाई क्रृणसंगै तालिम र व्यापार बढाउने तरिका सिकाउनुपर्नेमा उहाँको जोड छ । ‘ऋणि सुरक्षित हुनु भनेको बैंक बलियो हुनु हो,उहाँले भन्नुभयो, बैंक बलियो भए राष्ट्रको अर्थतन्त्र बलियो हुन्छ ।’

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले पूजी बजारमा देखिएको नगद तरलताको अभावलाई बेष्ट फाइनान्सले केही हदसम्म राहात दिने धारणा राख्नुभयो । बैक तथा वित्तिय संस्थाको विकासले चितवनको बजारिकरण, औद्योगिकिकरण सहित आर्थिक क्षेत्रमा टेवा पुग्ने उहाँको विश्वास छ । उहाँले शाखालाई उद्योग वाणिज्य संघ चितवनको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

फाइनान्स क्षेत्रमा दख्खल राख्दै आउनुभएका शाखा प्रमुख सुजन अधिकारीले सिरानी मुनि पैसा राखेर नबस्न सेवाग्राहीलाई आग्रह गर्नुभयो । उहाँले व्यक्तिसंग भएको पैसा बैंकमा राखे त्यो उत्पादनशिल हुने र त्यसले प्रतिफल दिने बताउनुभयो ।

बेष्ट फाइनान्सले कारोबारको लागि आवश्यक सम्पूर्ण विवरणहरु सफ्टवेयरमा अभिलेख गरी सुरक्षित कारोबार गर्न पुमोरी प्लस प्रयोगमा ल्याएको जनाएको छ । फाइनान्सले एविविएस र विप्रेषण बैंकिङ सेवा प्रदान गरेको छ । चिप बेस्ड एटीएम कार्ड सेवा सुरु गरेको र अनलाइन मार्फत खाता खोल्ने व्यवस्था गरेको प्रमुख अधिकारीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>