देश/प्रदेश

म्युजिक भिडियो ‘शिरमाथि शिरफूल’ सार्वजनिक

Banner

चितवन, चैत २-

म्युजिक भिडियो ’शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन् ।

भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञानलाई फिचर गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ । सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार, गायक र संगीतलाई प्रवद्र्धन गरिरहेको छ । भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>