देश/प्रदेश

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

Banner

काठमाडौं, चैत २–

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । नेपालमा पहाडी भूभागमा आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

राति देशका पहाडी भू(भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>