चितवन विशेष

भरतपुरको फोर सिजन रेष्टुरेन्टमा होली उत्सव कार्यक्रम, गायक शिव परियारको विशेष प्रस्तुति हुने

Banner

चितवन, चैत १-

फागु पूर्णिमाको अवसरमा भरतपुर महानगरपालिका–९ शरदपुरमा होली उत्सव २०७८ पूल पार्टी हुदै छ ।

फोर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युको आयोजनामा विशेष होली कार्यक्रम हुन लागको हो ।

चैत ४ गते हुने होली कार्यक्रममा नेपाली सुगम संगीतका चर्चित गायक शिव परियारको विशेष प्रस्तुति रहने छ । साथै गायक भुवन प्यासी, ट्र्याङ्गल ब्याण्ड, डिजे निक्ज, डिजे बिमर्श लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने रेष्टुरेन्टले जानकारी दिएको छ । प्रवेश शुल्क ३०० राखिएको छ ।

कार्यक्रममा सहभागी हुन आउनेहरुको सुरक्षा व्यवस्थाका लागि २५ जना सेक्युरिटी रहने फोर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युका प्रमुख नविन पुरीले जानकारी दिए ।

कार्यक्रमको टाइटल स्पोन्सरमा टुबोर्ग रहेको छ । मुख्य प्रायोजकको रुपमा ग्रेस इन्टरनेशनल शहिदचोक नारायणगढ रहेको छ । टिकट प्रायोजक एब्सुलेट कम्प्युटर एण्ड मोबाइल सहिद चोक, मेघा मार्केट रहेको छ । सहप्रायोजकमा आज्सवी ईलेक्ट्रोनिक्स प्रालि भरतपुर रहेको छ । यस्तै सहयोगी संस्थाहरुमा संगमचिकेन हाउस भरतपुर, किया मोटर्सका आधिकारीक विक्रेता थ्रीडिज मोटर्स, एन्डिज आइसक्रिम, प्रभु इन्सोरेन्स, गढी सेक्युरेटिज रहेका छन् । इभेन्ट म्यानेज सुलभ श्रेष्ठ रहेका छन् भने कार्यक्रम प्रस्तोता सञ्चारकर्मी दिनेश क्षेष्ठ (पासा) रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>