Breaking News

चितवन प्रशासनले भन्योः होलीमा उच्छृङ्खल गतिविधि गर्नेलाई छाड्दैनौं

Banner

प्रतिमा कुमाल

चितवन, चैत १

जिल्ला प्रशासन कार्यालय चितवनले ऐन नियम विपरित होलीमा अवाञ्छित एवम् उच्छृङ्खल गतिविधि गर्नेलाई नछाड्ने बताएको छ ।

रंगहरुको पर्व फागुपूर्णिमा एवम् होली नजिकिँदै गर्दा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सभ्य भएर पर्व मनाउन आग्रह गरेका हुन् । उनले भने, ‘विगत केही वर्ष यता आफ्नो रीतिरिवाज तथा परम्परा विपरित होली पर्व मनाउने नाममा विभिन्न उच्छृङ्खल क्रियाकलाप गरी सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरीत रंग दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी अवाञ्छित उच्छृङ्खल एवम् गैरकानूनी क्रियाकलाप गरी शान्ति सुरक्षा खलल पार्ने गतिविधिहरु हुने गरेको छ । यस्ता कार्य नगर्न नगराउन हामी सूचित गर्दछौं ।’

साथै प्रमुख जिल्ला अधिकारी तामाङले समाजमा सुसंस्कार कायम गर्ने राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, सञ्चारकर्मीहरु र महिला सञ्जाल समेत सबैबाट प्रशासनले सहयोगको अपेक्षा गरेका छन् । ऐन विपरित अवाञ्छित एवम् उच्छृङ्खल गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने चेतावनी समेत उनले दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले होलीको दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा जिल्लामा सुरक्षा दिने जानकारी दिए । हर्षउल्लासका साथ मनाउने होलीमा महिला माथि हिंसा हुने, झैझगडा गर्ने, ग्याङ फाइट जस्ता घटनाहरु घट्ने गरेको हुदा सुरक्षा व्यवस्था कडा पारिने उनको भनाइ थियो ।

होलीको शुभकामना दिँदै प्रहरी उपरीक्षक अधिकारीले जिल्लामा रहेको सामूदायिक सेवा केन्द्रहरुबाट होली भन्दा अगाडि प्रचा वितरण गरि जनचेतनामूलक कार्यक्रम गर्ने तयारी भएको बताए । सर्वसाधारण दुर्घटना रहित, हिंसा रहित, सुरक्षित हुनुनै नेपाल प्रहरीको आनन्दित होली हुने उनको भनाइ थियो ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले होलीलाई लक्षित गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी नायव निरीक्षक उमेश महतोले बताए । मादक पदार्थ तथा मापसे गरेर चार्डपर्वमा सवारी साधन चलाउदा दुर्घटना बढी हुनेगरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>