Breaking News

चितवनमा ह्वात्तै गर्मी बढ्यो, तापक्रम बढेर ३४ डिग्रीसम्म पुग्यो

Banner

पूजा ढकाल

चितवन, चैत १-

केही दिनयता चितवनमा ह्वात्तै गर्मी बढ्दै गएको छ ।

फागुनको सुरुसम्म जाडो मौसमनै रहेको चितवनमा अन्तिम हप्ता लागेसँगै ह्वात्तै गर्मी बढ्दै गएको हो ।

भरतपुर एयरपोर्टका एयर ट्राफिक नियन्त्रक लिला श्रेष्ठको अनुसार फागुन २७ गते चितवनको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस रहेकोे थियो । तर, फागुन २६ गतेको तापक्रम ३३ डिग्री सेल्सियस रहेको थियो । त्यस्तै आज मध्यान्हमा चितवनको अधिकतम तापक्रम भने ३२.७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको श्रेष्ठले नारायणी अनलाइनलाई जानकारी दिए ।

जलवायु परिवर्तनका कारण केही समयदेखि देशभर गर्र्मी बढ्दो क्रममा रहेको विज्ञहरुले बताएका छन् । गर्मी मौसमको सुरुवात महिनाको रुपमा फागुनलाई लिने गरिन्छ । चितवनमा पनि फागुन नसकिँदै ह्वात्तै गर्मी बढ्दै गएको हो । गर्मी महिना लाग्ना साथ चितवनमा डेँगु र स्क्रब टाइफसको जोखिम पनि बढ्दै गएको छ ।

नेपालको पछिल्लो तीनदिनको मौसम:

मौसम पुर्वानुमान महाशाखाको अनुसार आज मंगलबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमामौसम सामान्यतया सफा रहने छ । तर, राति भने देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै चैत २ गते बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । तर, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ । त्यस्तै फागुन ३ गते बिहीबार देशभरको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>