Breaking News

माधव नेपालको पार्टी नामको कम्युनिस्ट हो, कामको होइन : ओली

Banner

काठमाडौं, चैत १-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टी नाममात्रैको कम्युनिस्ट भएको बताएका छन् ।

अखिल नेपाल महिला संघको राजाधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘नामका कम्युनिस्ट हुन, कामका कम्युनिस्ट होइनन् । कसैको नाम धनबहादुर भयो भने धनी भइन्छ त । धनी नहुन पनि सक्छ ,’ उनले भने,’ जुन फाटोवादी छ, उसको नाम एकीकृत, प्रतिक्रियावादीको पुच्छर समाजवादी ।’

अध्यक्ष ओलीले दुई तिहाइको हैसियतामा रहेको कम्युनिस्टलाई हटाएको पार्टी कम्युनिस्ट नहुने तर्क गरे । उनले नेपालले कम्युनिस्ट पार्टी फोडेर दक्षिणपन्थी सरकार बनाइएको आरोप लगाए । उनले भने, ‘दुई तिहाइको हैसियतमा रहेको कम्युनिस्टलाई हटाएको पार्टी कम्युनिस्ट हुन्छ ? प्रतिक्रियावादीलाई भोट हाल्न पछिल्लो ढोकाबाट जाने, यस्तालाई कम्युनिस्ट भन्न मिल्छ ?’ उनले आगामी निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत मत ल्याउने दाबी गरे । कम्युनिस्टका नाममा केही तत्वहरुले ताजा जनादेशलाई प्रतिगामी भन्ने गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>