बजार

यशोदा फुड्सको करेन्ट चाउँचाउँ नयाँ स्वादमा, चिजबल्स पनि बजारमा

Banner

काठमाडौँ, फागुन ३०–

मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स पस्कने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो ।

कार्यक्रममार्फत उद्योगले सुपर प्रिमीयम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स(फेमिलीप्याक) र करेन्ट चिज चिकेन पिज्जानाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो । सुपर प्रिमीयम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिलिप्याकमा उपलब्ध छ भने यसको प्रतिपिसको मुल्य रु. १२० र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ ।

साथै फेमीलीप्याकमा रु. २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिजचिकेन पिज्जा समेत सोहि कार्यक्रमका बीच सार्वजनिक भएको छ । सोही कार्यक्रमकै माध्यमबाट चिजबल्स पारखीका लागि चिजबल्स अन्तर्गत चिजको स्वादमा रु. ५० पर्ने चिजबल्स समेत सार्वजनिक गरेको छ ।

विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्राण्ड बनिसकेको छ । उपभोक्ताको पहिलो रोजाईमा यशोदा फुड्सका उत्पादन रहेको र सोहीअनुसार नविनतम स्वादका ब्रान्डहरु पस्कीने अवशर प्रदान गरेकोमा समस्त उपभोक्तालाई धन्यबाद ज्ञापन गरीएको थियो । नेपालमा मात्र नभइ भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको उद्योगबाट जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>