अन्तर्राष्ट्रिय
इरानका विदेशमन्त्रीले भोलि आणविक सम्झौताबारे वार्ता गर्ने
०

तेहरान, फागुन ३०-
तेहरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियान वार्ताका लागि भोलि मंगलबार मस्को प्रस्थान गर्ने भएका छन् ।
विदेश मन्त्रालयका अनुसार इरानसँगको जारी आणविक सम्झौता सम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो ।
भियनामा भएको दश महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए । तर, रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकिएको थियो। रासस\एएफपी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























