Breaking News
सवारी लाइसेन्सको अनलाइन आवेदन भोलिबाट बन्द हुने
०

काठमाडौं, फागुन ३०-
यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गर्ने भएको छ ।
अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको हो ।
कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























