Breaking News

प्रधानमन्त्री देउवाको ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छः नेता रावल

Banner

काठमाडौं, फागुन ३०-

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमाले नेता भीम रावलले जवाफ फर्काएका छन् । एमसीसीका विषयमा आफूलाई दुई जिब्रे कुरा गरेको प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्ति जनाउँदै उनले जवाफ फर्काएका हुन् ।

‘प्रम देउवाले भीम रावल रक्षामन्त्री भएका बेला एमसीसी सम्झौता मन्त्रिपरिषद्बाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुई जिब्रे कुरा गर्ने, त्यसबेला राजिनामा किन नगरेको, त्यसबेला ’दिमाग खुस्केको थियो’ भनी नुवाकोटमा भन्नुभए छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म केपी ओलीजी पहिलो पटक प्रम भएको बेला उपप्रम र रक्षामन्त्री थिएँ । प्रम ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहने । यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठो बोल्ने प्रमको यात आफ्नै ’दिमाग खुस्केर’ होस् हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

उनले संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने चरित्र आफ्नो नभएको स्पष्ट पारेका छन् । उनले देशको प्रधानमन्त्रीले प्रयोग गरेका तुच्छ शब्दहरु लोकतन्त्रमा त्याज्य भएकोतर्फ ध्यानार्यणसमेत गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>