चितवन विशेष

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज चितवनमा

Banner

चितवन, फागुन ३०–

विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको ISMT College ले बेलायतको University of Sunderland का शैक्षिक कार्यक्रमहरू ISMT College Chitwan मा पनि सञ्चालन गरिएको छ ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटी कलेज चितवनले जनाएको छ ।

बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत Sunderland University को आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार Sunderland University बेलायतको नयाँ युनिभर्सिटी मध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्‍यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो । सोही युनिभर्सिटीको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै अझै भन्नु पर्दा स्थानिय शहर चितवनमा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटी कलेज चितवनले जनाएको छ ।

ISMT Group of Colleges University of Sunderland बाट संबन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>