Breaking News
चितवनमा काँग्रेसको ‘घर–घर जाऔं ’ अभियान सुरु

चितवन, फाुगन २९–
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले ‘घर–घर जाऔं’ अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पुर्याउने उदेश्यले काँग्रेसले आइतबारबाट एक महिने अभियान सुरु गरेको हो ।
केन्द्रीय कार्यक्रम अन्तरगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं, काँग्रेसलाई जिताऔ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियान अन्तरगत वडा , टोल तहसम्म पार्टी भित्र सौहादैता, उकता र उर्जा अभिबृद्धि गरेर विगतका राजैतिक र आर्थिकक उपलब्धि जनता माझ लैजाने बताइएको छ । केन्द्रको परिपत्र अनुसार चितवनमा अभियान सुरु गरिएको काँग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए । उनका अनुसार चैत २९ गतेसम्म हरेक घरमा काँग्रेसका प्रतिनिधि पुग्नेछन् ।
अभियानमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदातालाई काँग्रेसको एजेण्डा बारे स्पष्ट पार्ने उद्देश्य सहित लोकतन्त्रको रक्षाको लागी अभियान केन्द्रीत रहेको केन्द्रीय सदस्य अब्दुल सतारले बताए । विगतको निर्वाचनको समीक्षा गरेर टोल स्तरसमम पार्टीको एजेण्डा पुर्याइने उनले बताए । पछिल्लो समय एमसीसीको विषयमा कम्यूनिष्ट पार्टीले भ्रम छरेको भन्दै त्यसलाई चिरेर जनतालाई यथार्थ बुझाउन लागिएको उनको भनाई थियो ।
कमलनगरमा रहेको पार्टी कार्यालयमा कार्यक्रम गरि अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा स्थानीय तहदेखी जिल्लाका नेताहरु सहभागी थिए । उनीहरुले आउँदो निर्वाचनमा काँग्रेसको रणनितिका लागी सुझाव दिएका थिए । नेपाली काग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले काँग्रेसको अभियानले भम्र र यथार्थलाई स्पष्ट पार्ने बताए ।
कांग्रेसले आज देशभर एकै समयमा एक साथ अभियान सुरु गरेको हो । हरेक जिल्लामा दिउँसो एक बजे अभियानको उदघाटन गरिएको हो । जिल्लामा उदघाटन गरेपछि बाँकी कार्यक्रम स्थानीय तह र तीनको वडामा केन्द्रीत हुने अभियानको लागी जिल्लाका सबै वडा प्रतिनिधि खटाइएको छ ।


























