देश/प्रदेश

चितवनको ‘चेपाङ बस्ती’मा छायांकन भएको चेतनामूलक गीत सार्वजनिक

Banner

चितवन, फागुन २९-

चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ ।

चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ चौतारामा छायांकन भएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

चितवनकै सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका चेपाङ समुदायका समस्या, त्यसको समाधानका लागि राज्यबाट हुनुपर्ने पहल र विभिन्न जागरणका कार्यक्रमका विषय समेटिएको सामाजिक सन्देशमूलक रहेको गीतकार उपाध्यायले बताए ।
भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार, नेपोलियन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसालको अभिनय समेटिएको छ ।

उत्सव दाहालको छायांकन रहेको यो जागरण गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युबमार्फत् सार्वजनिक गरेको छ । केही अगाडि ८० विश्व रेकर्ड बनाएका डा. उपाध्याय अहिले १०३ विश्व रेकर्ड पुर्‍याउने दौंडमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>