चितवन विशेष

संस्थागत र व्यवसायिक हकहितका लागि मेरो उम्मेद्वारीः उपाध्यक्षका उम्मेद्वार ओली

Banner

चितवन, फागुन २९–

लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनमा योगदान दिँदै आएका युवा व्यवसायी राजेन्द्र ओली संस्थागत र व्यवसायिक हितका लागि उपाध्यक्षमा आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

नारायणी अनलाइनसंग कुरागर्दै व्यसायी ओलीले कोरोनाकालले व्यवसायीमा परेको प्रभावलाई ध्यानमा राख्दै व्यवसायीहरुको समस्या समाधान र हकहितका लागि आफ्नो उम्मेद्वारी रहेको बताए । उनले सबै युवादेखि पुराना व्यवसायिहरुको साथ आफूलाई रहेकोले जित सुनिश्चित भएको दावी गरे । उनले आफू उपाध्यक्षमा जितेर आएपछि सम्पूर्ण व्यवसायी र र संस्थागत हितमा राखेर काम गर्ने प्रतिवद्धता समेत जनाए । उनले फागुन २५ गते भएको मनोनयन दर्तामा वस्तुगततर्फको उपाध्यक्षमा उम्मेद्वारी दिएका थिए । सहमतिको प्रयासमा गरिए पनि अन्ततः सफल नभएपछि भोलि (फागुन ३०) गते निर्वाचन हुँदैछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको वरिष्ठ उपाध्यक्ष सर्वसम्मत चयन गरिएको छ । भोलि हुने निर्वाचनमा वाणिज्यतर्फको उपाध्यक्ष, वस्तुगत तर्फको उपाध्यक्ष, वस्तुगत तर्फको सदस्य र वाणिज्यतर्फको सदस्य पदमा मतदान हुँदैछ ।

युवा व्यवसायी ओली २०६८ सालदेखि संघको विभिन्न समितिमा रहेर काम गर्दै आइरहेका छन् । उनलाई २०६८–७० कार्यसमिति सदस्य रहेर (सह–संयोजक, उद्योग प्रबर्धन समिति, २०७०–७२ का.स.स. (संयोजक, तालिम ब्यवस्थापन समिति), २०७२–७४ का.स.स. (संयोजक, वातावरण समिति), २०७४–७६ का.स.स. (संयोजक, सदस्यता अभिबृद्धि समिति), २०७६–७८ का.स.स. (संयोजक, प्रकाशन समिति) को अनुभव छ । व्यवसायी ओली सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

उनी प्लाष्टिक व्यबसायी संघ, चितवनको पूर्व अध्यक्ष एवं हाल सल्लाहकार, नारायणगढ रोटरी क्लबको पूर्व अध्यक्ष र नेपाल–भारत मैत्री संघ, चितवन शाखाका उपाध्यक्ष रहेर काम गरिरहेका छन् । उनी ओली प्लाष्टिक सेन्टरका प्रोपाइटर हुन् भने प्लाष्टो टेक नेपाल प्रा लि, आशिर्बाद पाईप ईण्डष्ट्रिज प्रा लि र निको चिल्ड्रेन्स हस्पिटल प्रा.ल.का संचालक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>